अमिताभसँग पर्दा शेयर गर्ने तयारीमा रश्मिका

साउथकी सुपरस्टार नायिका रश्मिका मन्दनाले बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनसँग पनि पर्दा शेयर गर्न तयार भएकी छिन् । विकास बालले निर्देशन गर्ने सो चलचित्रमा अमिताभ र रश्मिकाले काम गर्ने भएका हुन् ।
चलचित्रको नाम ‘डेड्ली’ रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एकता कपुर र रिलायन्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सो चलचित्रको छायांकन आउँदो बर्षको मार्च महिनाबाट सुरु हुनेछ । यो चलचित्र बाबु र छोरीको कथामा बन्ने बताइएको छ ।
चलचित्र ‘डियर जिन्दगी’ले युटुबमा चर्चा बटुलेपछि रश्मिकाको माग बलिउडमा पनि ह्वात्तै बढेको हो । उनी, अब सिंगो भारतका दर्शकलाई आफ्नो अभिनयले आकर्षित गर्ने धुनमा देखिएकी छिन् ।
रश्मिका नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’बाट उनीले बलिउडमा डेब्यू गर्ने तयारी गरेकी छिन् ।