बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा
काठमाण्डौ । बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ । दाङको लमहीमा भएको खेलमा बागमती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले आफ्नो सेमिफाइनल यात्रा तय गरेको हो ।
यो जितसंगै सुदूरपश्चिम प्रदेश अन्तिम ४ मा पुगेको छ ।
खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले बागमतीलाई ७७ रनको लक्ष्य दिएको थियो । तर बागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो ।
बागमतीकी सुमन खतिवडाले २७ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बनिन् । कविताले ह्याट्रिकसहित पाँच विकेट लिइन् । उनले आठौँ ओभरका दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिइन् ।
अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ । गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।











