नवोदयको कफी हाउस कार्यक्रम सुरु

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १६:१०
;

नवोदय शिशु सदनको कफी हाउस कार्यक्रम सुरु भएको छ । कोेभिड १९ को कारण भर्चुअल प्रविधिबाट कफी हाउस कार्यक्रम सुरु गरीएको हो ।

हेटौंडा–४ मा रहेको बिद्यालयले सुरु गरेको सो कार्यक्रममा बिहीबार कक्षा ४ क र ख मा अध्ययनरत् करिव ८० जना विद्यार्थीले निर्माण गरेका पुस्तकबाट आफ्नो रचना वाचन गरेका थिए ।

बिद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पु¥याउने भएकाले विद्यालयले विगत ४ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको बिद्यालय प्रशासनले जनाएको छ ।

आँचल कला साहित्य पुञ्जकी अध्यक्ष तथा साहित्यकार अनिता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।

कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सिपको विकास गराउने मूल उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*