धुम–४ मा स्टाइलिस चोर बन्दै दिपीका

चलचित्र धुमको सिरिज ‘धुम–४’ बन्ने भएको छ । यशराज फिल्मसले धुम–४ सिरिजको घोषणा गर्ने खबर सार्वजनिक भएको हो ।
धुमको अहिलेसम्मका सबै सिरिजहरु सुपरहिट नै बनेका छन् ।
चलचित्रमा बलिउडकी मस्तानी दिपीका पादुकोण मुख्य भूमिकामा देखिने जनाइएको छ ।
यदि दिपीकाले यो प्रस्ताव स्वीकार गरिन् भने फिल्मको छायांकन छिट्टै शुरु हुने चलचित्र निमार्ण पक्षले बताएको छ ।
चलचित्रमा दिपीकालाई एक स्टाइलिस चोरका रुपमा पेश गरिने बताइएको छ ।
यद्यपि धुम–४ लाई लिएर अहिलेसम्म निर्माताको तर्फबाट आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।