बिजय युथ हेटौंडा गोल्डकपलाई भिडोलको साथ
मकवानपुर । बिजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताकाको प्रायोजन भिडोल लुब्रिकेन्टसले गर्ने भएको छ । आगामी माघ २२ देखी भिडोल लुब्रिकेन्टसको मुख्य प्रायोजनमा सो फुटबल प्रतियोगिता हुने भएको हो ।
अब प्रतियोगिताको नाम ‘भिडोल लुब्रिकेन्टस बिजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता’ हुनेछ ।
विजय युथ क्लब हेटौंडाको आयोजनामा हुन लागेको विजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताका लागि लुब्रिकेन्सको आधिकारीक विक्रेता वियन्सा सप्लायर्सका प्रोप्राइटर विकास नेपाल र क्लबका सल्लाहकार राजेश भेटवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एक वर्षका लागि सो सम्झौता गरिएको भेटवालले जनाएका छन् ।
कार्यक्रममा क्लबका अध्यक्ष सुदिप राजबाहकले बिजय युथ हेटौंडा गोल्डकपमा सहयोग गरेकोमा भिडोल लुब्रिकेन्टसप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताए।
प्रतियोगिता हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान ९फेरेष्टी० को खेल मैदानमा माघ २२ गतेबाट फागुन १ गतेसम्म हुनेछ ।
प्रतियोगितामा मकवानपुरका दुईसहित १० टोलीको सहभागीता रहेने छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट घोषित हुने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुनेछ ।











