बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा मल्ल

हेटौडा न्युज
३ माघ २०७७, शनिबार १५:५८
;

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा नियुक्त गरिएको छ । परिषद्ले नेपाली क्रिकेटको विकास र बिस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै मल्ललाई परिषद्को सदस्यमा नियुक्त गरेको हो ।

परिषद्ले मल्ललाई ५ वर्षका लागि परिषद्को सदस्यमा मनोनित गरिएको हो ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी ज्ञानेन्द्रले नै गरेका छन्।

समूह ‘बी’ रहेको बागमतीले आइतबार नेपाल पुलिस क्लबसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

बागमती प्रदेशिक क्रिकेट संघले प्रधानमन्त्री कप खेल्ने आफ्ना खेलाडीलाई किट्स, पोत्साहन भत्ता तथा म्याच फि पनि दिने भएको छ।

पोत्साहन भत्ता बापत शतक प्रहार गर्ने खेलाडीलाई १० हजार, अर्धशतक तथा एक खेलमा पाँच विकेट लिने खेलाडीलाई ५÷५ हजार तथा तीन विकेट लिने खेलाडीले ३ हजार प्राप्त गर्नेछन्।

संघले प्रतियोगिता अवधिभर प्रत्येक खेलाडीको पाँच लाख बराबरको बिमा गराएको छ। म्याच फि बापत दैनिक जनही २ हजार उपलब्ध गराउनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*