‘प्रसाद २’ को छायांकनको तयारी

काठमाडौं । चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को छायांकनको तयारी थालिएको छ । फागुन १३ गतेदेखि ‘प्रसाद २’ को छायांकन थालिने भएको हो ।
चलचित्र ‘प्रसाद–२’ को स्किृप्ट अन्तिम चरणमा पुगेको र अब छायांकनको तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।
सामाजिक कथा बोकेको यो फिल्म बाग्लुङमा छायांकन गरिने जनाइएको छ ।
पत्रकार तथा लेखक सुशील पौडेलको कथा वस्तुलाई सौरभ चौधरीले निर्देशन गर्ने छन् भने चलचित्रको निर्माता सुभाष थापा रहने छन् ।
चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहनेछ ।
चलचित्र ‘प्रसाद’ ले समीक्षकको तारिफ बटुलेको थियो भने मल्टिप्लेक्समा राम्रो कमाइ गरेको थियो ।