गण्डकीविरुद्ध कर्णालीको सहज जित

हेटौडा न्युज
६ माघ २०७७, मंगलवार १५:२३
;

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्मन्न खेलमा गण्डकी प्रदेशलाई हराउदै कर्णाली प्रदेशले जित हात पारेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले गण्डकीलाई ५ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको गण्डकी प्रदेश ४२.३ ओभरमा अलआउट हुँदै २ सय ४ रनमा समेटिएको थियो ।

गण्डकीका लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए। त्यस्तै विपिन खत्रीले ३२ रन बनाउँदा दिनेश बुढामगरले १० रनमा सिमित रहनु पर्यो ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनरा र दिवान पुनले समान २÷२ विकेट लिए। त्यस्तै रवीन्द्र शाहीले एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक अभिजित ६८ रन बनाए।

त्यस्तै बिपिन रावलले ४९ रन बनाउँदा राज शाहले ३२ र हेमन्त ओलीले २९ रन जोडे।

बलिङतर्फ गण्डकीका विपिन खत्री एक्लैले ४ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए।

प्रतियोगितामा दुई खेल खेलेको कर्णालीको यो पहिलो जित हो। त्यस्तै तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*