चलचित्र पठानको शुटिङमा कुटाकुट

बलीउडका सुपर स्टार शाहरुख खान र दिपीका पादुकोणको जोडीलाई फिल्म ‘पठान’ मा देख्न पाइने भएको छ । ६ बर्ष पछी पुनः नँया फिल्म पठानमा उक्त जोडीलाई देख्न पाइने भएको छ ।
यतीखेर पठानको शुटिङ चलिरहेको छ । पठान पछिल्लो केहि दिनदेखि चर्चामा छ । फिल्मको सेटमा शूटिङको क्रममा झगडासमेत परेको खबर बाहिरिएको छ ।
झगडाको क्रममा निर्देशक सिद्धार्थ आनन्दलाई एक जना असिस्टेन्ट डायरेक्टरले थप्पड लगाएका छन् ।
सिद्धार्थ आनन्दले कुरा नटेरेको कारणले शुरु भएको विवाद कुटाकुटमा परिर्वतन भएको थियो ।
सिद्धार्थ आनन्द सेटमा धेरै आक्रोशित हुन्छन् सेटमा मोवाईल चलाएको विषयमा असिस्टेन्टसंग सिद्धार्थको चर्को विवाद भएको र असिस्टेन्टले सिद्धार्थलाई लगातार गाली गरेपछी सिद्धार्थले असिस्टेन्टलाई थप्पड लगाइदिए, तर त्यसको तुरुन्तै असिस्टेन्टले पनि जवाफमा सिद्धार्थलाई पनि थप्पड नै फिर्ता गरे ।
झगडाको कारण शूटिङ नै रोकीएको थियो ।
पठान यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सन फिल्म रहेको छ । चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ ।
चलचित्रमा जोन एब्राहमको भिलेनको भुमिका रहेको छ । यसमा जोन र दीपिकाले चर्को पारिश्रमिक लिन लागेको पनि खुलेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, जन एब्राहमले २० करोड रूपैयाँ पारिश्रमिकस्वरुप लिएका छन् भने दिपिकाले १५ करोड पारिश्रमिक लिएर काम गर्ने पक्का भएको छ ।