पिएम कप: बागमतीको लगातार तेस्रो जित
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित दर्ता गरेको छ । बागमती प्रदेशले प्रदेश नम्बर २ लाई हराउँदै लगातार आफ्नो तेस्रो जित दर्ता गराएको हो ।
मूलपानी मैदानमा आज भएको खेलमा बागमतीले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ लाई ६ विकेटले हराएको छ ।
प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीका लागि आकाश थापाले ६२ बलमा ३२ रन, बिभत्सु थापाले ९३ बलमा ४७ रन, पृथु बाँस्कोटाले ७५ बलमा अविजित ५३ रन, इशान पाण्डेले ३७ बलमा १५ रन, ज्ञानेन्द्र मल्लले १२ बलमा ७ रन बनाए।
प्रदेश २ का हरिशंकर शाहले दुई साथै बिशाल सुस्लिङ र कुमार थापाले एक एक विकेट लिए।
प्रदेश नम्बर २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन समेटिएको थियो ।
प्रदेश नम्बर २ का लागि सुधिर चौधरीले ३८ बलमा १५ रन, हरिशंकर शाहले १७ बलमा ६ रन, विशाल सुस्लिङले १८ बलमा ५ रन, सुरज कुर्मीले २९ बलमा १३ रन, राहुल प्रताप सिंहले ६२ बलमा १८ रन, विवेक यादवले ७४ बलमा ६६ रन, कुमार थापाले ३१ बलमा २२ रन बनाएका थिए।











