आर्मीमाथि एपीएफको सहज जित

हेटौडा न्युज
१३ माघ २०७७, मंगलवार १७:०१
;

काठमाडौँ । महिला राष्ट्रिय लिग फुटबलमा आर्मीलाई हराउादै एपीएफले जित दर्ता गराएको छ । मंगलबार भएको खेलमा आर्मीमाथि एपीएफले २–० को सजिलो जित निकालेको हो ।

एपीएफको यो प्रतियोगितामा लगातार तेस्रो जित हो ।

एपीएफको तीन खेलबाट अधिकतम नौ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । आर्मी तीन खेलबाट चार अंक भएको छ । आर्मीको यो पहिलो हार हो ।

एपीएफकी सावित्रा भण्डारीले २६ औं मिनेटमा योन्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।

त्यसपछि दबाबमा आएको आर्मीविरुद्ध एपीएफले इन्ज्युरी समयमा काउन्टर अट्याक गर्दै गोल गर्यो। पहिलो हाफको इन्ज्युरी समयमा सावित्रा भण्डारीको क्रसमा सरु लिम्बूले गरेको गोलसँगै एपीएफले २–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसक्दा पहिलो हाफको नतिजा नै खेलको निर्णायक बन्यो। खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेर एपीएफकी अनिता केसी प्लेयर अफ द म्याच बनिन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*