शाहरूखसँग फिल्म खेल्दै कार्तिक आर्यन

मुम्बई । बलिउडका बादशाह शाहरुख खान र अभिनेता कार्तिक आर्यन एउटै पर्दामा देखिने भएका छन् । शाहरूख खानको कम्पनी रेड चिल्लिजले कार्तिकका लागि नयाँ फिल्मको तयारी गरिरहेको हो ।
कार्तिकले शाहरुखसंग चलचित्र खेल्न पाउँनु आफ्नो निकै ठूलो सपना रहेको भन्दै असीमित खुसी व्यक्त गरेका छन् ।
दोस्ताना–२, भुलभुलैया–२ जस्ता फिल्मको काममा व्यस्त रहेका यी अभिनेता यतिबेला शाहरूख खानसँग नयाँ फिल्ममा जोडिएका छन् ।
फिल्मको टिमको बारेमा चाँडै आधिकारिक घोषणा हुने र आफू दुई महिनाभित्रै यो फिल्मको छायांकनमा जोडिने पनि उनले बताएका छन् ।
यो चलचित्रलाई अजय बहलले निर्देशन गर्दै छन् भने अर्को महिनाबाट यो फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ ।
फिल्म जिरो व्यावसायिक रूपमा पूर्ण असफल भएपछि निराश बनेका शाहरूख दुई वर्षपछि बल्ल आफ्नै प्रोडक्सनको नयाँ फिल्मबाट दर्शकमाझ आउन लागेका हुन् ।