मिथोको डबल ह्याट्रिकमा वालिङको जित

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १४:२२
;

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई १०/० को गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा खेल मैदानमा आज भएको खेलमा वालिङले चौदण्डीगढीलाई १०/० ले हराएको हो ।

४ जना विदेशी खेलाडि साथ मैदानमा उत्रिएको वालिङका लागि विदेशी खेलाडी मिथो रुथले डबल ह्याट्रिक गरिन् ।

क्यामरुनी खेलाडी मिथोले वालिङका लाग ६ गोल गरीन् भने सम्झना शर्मा, मनमाया दमाई र टौटा ओरेनेला नेइलीले समान एक/एक गोल गरिन् ।

मिथोले खेलको १२ मिनेटको अवधिमै ह्याट्रिक पुरा गरेकी थिइन्।  त्यस्तै दोस्रो हाफमा पनि उनले ह्याट्रिक गर्दा वालिङले प्रतियोगितामा पहिलो जित निकाल्यो।

महिला लिगमा यो वालिङको पहिलो जित हो । यो जितसंगै ४ खेल खेलेको वालिङले ५ अंक बटुलेको छ भने तिन खेल खेलेको चौदण्डीगढीले कुनै पनि अंक जोड्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*