पिएम कपः बागमतीलाई हराउँदै आर्मी फाइनलमा

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १६:१८
;

काठमाडौं । बागमती प्रदेशलाई हराउँदै विभागिय क्लब त्रिभुवन आर्मी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनमा बागमती विरुद्ध जित निकाल्दै आर्मी फाइनल प्रवेश गरेको हो ।

आज सम्पन्न खेलमा बागमतीलाई ९४ रनले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको बागमती १ सय ३५ रनमा समेटियो।

आर्मीका भीम सार्कीले ४० र बमले २३ रन बनाउँदा कप्तान बिनोद भण्डारी १० रनमा आउट भए । त्यसपछि आएका राजेश पुलामीले विक्रम सोबसँग लामो साझेदारी गर्दै आर्मीको स्कोरमाथि उठाए। पुलामीले सर्वाधिक ६५ रन बनाउँदा विक्रम सोबले ३५ रन जोडे।

बलिङतर्फ गौतम केसीले सर्वाधिक ५ विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी राम नरेश गिरी र विपिन आचार्यले समान १÷१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बागमतीको सुरुवाती ब्याट्सम्यानहरु आकाश थापा, विभत्सु थापा र पृथु बास्कोटा दोहोरो अंकको रन नजोड्दै बाहिरिँदा ओपनर आदिल १० रनमा आउट भए ।

त्यस्तै इशान पाण्डे डकआउट हुँदा बागमतीको पारीलाई कप्तान ज्ञानेन्द्र मल्लले बिपिन आचार्यसँग साझेदारी गरेका थिए । मल्लले सर्वाधिक ४७ रन बनाउँदा बिपिन आचार्यले २३ रन जोडे भने त्यस्तै नन्दन यादव २२ रनमा अभिजित रहे।

बलिङतर्फ आर्मीका सुसन भारी, विक्रम सोब र जितेन्द्र मुखियाले समान ३÷३ विकेट लिए।

फाइनलमा आर्मीले अर्को विभागीय टिम एपीएफको सामना गर्नेछ । बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*