भिडोल विजय युथ हेटौंडा गोल्डकप आजबाट

मकवानपुर–११ र सेन्ट्रल कलेज विएसी भरतपुर भिड्ने
हेटौडा न्युज
१६ माघ २०७७, शुक्रबार ११:२५
;

मकवानपर । हेटौंडामा आजबाट ‘भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विजय युथ क्लबको आयोजनामा आजबाट हेटौंडा–१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ ।

खेलको तयारी पुरा भएको र आज दिउँसो ३ बजे उद्घाटन खेल सूरु हुने आयोजक टिमले बताएको छ ।

उद्घाटन खेलमा मकवानपुर–११ र सेन्ट्रल कलेज विएसी भरतपुर भिड्ने छन् ।

प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । खेल मैदान प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपँया टिकट राखिएको समेत आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*