हेटौंडा गोल्डकप : हर्दि र दुधौली विजयी

हेटौडा न्युज
१८ माघ २०७७, आईतवार १०:०९
;

मकवानपुर । हेटौंडा–१० फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा शनिबार दुई खल भएका थिए । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्ती बिच दिउँसो साढे एक बजेबाट सुरु भएको थियो ।

जसमा हर्दि युवा समाज राप्तीले जित हात पारेको छ । राप्तीले विरगन्ज युनाइटेडलाई ०–२ ले पछि पार्दै हर्दिले जित हात पारेको छ ।

खेलको पहिलो हाफको ६ मिनेटमा हर्दिका निरज चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए भने दोस्रो गोल खेलको १३ औं मिनेटमा सुरेश कुमालले गरे ।

यसैगरि दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोटर्स क्लब सिन्धुली बिच दिउँसो साढे ३ बजे भएको खेलमा दुधौलीले टाइब्रेकरमा मार्फत जित हात परेको छ ।

विरगन्जको लागि आदित्य शाक्यले खेलको ३५ औं मिनेटमा गोल गरे तर दुधौलीले खेलको सेकेन्ड हाफको ५ मिनेटमा नै खेल बराबरमा पुर्यायो । दुधौलीका प्रताप राइको गोल पश्चात खेलमा कुनै पनि गोल हुन सकेन । दुबै टिमले खेलको निधारीत समयसम्म १–१ को बराबर खेले पछि खेल ट्राइवेकमा पुग्यो ।

दुधौलीको जितका लागि उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक महेश अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । अधिकारीले विरगन्जको दुई गोल विफल तुल्याए । वीरगञ्ज टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भयो ।

टाइब्रेकरमा दुधौलीका लागि विक्रम चौधरी, सन्जय तामाङ, गोपाल लिम्बू र प्रताप राइले गोल गरे भने विरगन्जको लागि अजय चौधरी र शैलेश श्रेष्ठले मात्र गोल गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*