थाहा नगरमा गाईपालन पकेट क्षेत्र
थाहा ३ मा गाइ पालन पकेट क्षेत्रको स्थापना गरिएको छ । थाहा नगरपालिका पशु तथा मत्स्य विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ व्यवसायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य बिकास शाखाका प्रमुख रुपेश कुमार मिश्रले बताए ।
गाइ पकेट क्षेत्र स्थापना संगै आइतबार एक कार्यक्रम बिच उन्नत गाइ खरिद गर्ने कृषकहरुलाइ प्रोत्साहन वापत नगद वितरण गरिएको थियो ।
साथै गाइको बिमा रकमको ५० प्रतिशत रकमका साथै उन्नत घाँसको बिउ र आन्तरिक तथा बाह्य परजीवी बिरुद्दको औसधि समेत वितरण गरिएको थियो ।
व्यवसायिक रुपमा गाइपालन गरि आत्मनिर्भर बन्न पशु तथा मत्स्य बिकास शाखाका पशु बिज्ञ राघबेन्द्र मिश्रले कृषकहरुलाइ अनुरोध गरे ।
थाहा नगरपालिका वडा नं. ३ घर्तिखोलामा कामधेनु गाइपालक कृषक समुहको स्थापना गरि ब्यवशायिक दुध उत्पादन गर्न थालिएको समुहका अध्यक्ष युबराज बर्तौलाले बताए ।
हाल कामधेनु गाइ पालक कृषक समुहमा १८ जना कृषकहरु आबद्ध छन् ।











