हेटौंडा गोल्डकप: बीएफसी भरतपुर र विजय युथ विजयी

हेटौडा न्युज
१८ माघ २०७७, आईतवार २०:०८
;

मकवानपुर । हेटौंडा-१० फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज भएको दुई खेलमा भएका छन् । आज भएको खेलमा बीएफसी भरतपुर र आयोजक हेटौंडाको विजय युथ विजयी भएका छन् ।

पहिलो खेलमा बीएफसी भरतपुरले एफसी रियाले काठमाडौलाई १ का विरुद्ध ४ गोल गर्दै जित सुनिश्चित गरेको हो ।

बीएफसीको लागि पहिलो गोल रन्जित आले मगरले खेलको १८ मिनेटमा गरे भने यो प्रतियोगितामा पहिलो ह्याट्रीक जोन ग्लोरिले गरेका छन् ।

ग्लोरिले खेलको २५, ३७ र ६९ मिनेटमा गोल गरेर ह्याट्रीक पूरा गरे ।

त्यस्तैगरी आजै भएको दोश्रो खेलमा आयोजक टिम विजय युथले सर्लाही जिल्ला फूटबल संघलाई २ गोलले पराजित गरेको छ ।

विजयको लागि खेलको ६ मिनेट मै विदेशी खेलाडी साहिदले गोल गरे भने दोश्रो गोल हिसुब थपलियाले ७२ मिनेटमा गरे ।

सर्लाहीको टिमभन्दा आयोजक टिममा अनुभवी र बलिया खेलाडीहरु भएता पनी सर्लाहीले उत्कृष्ट खेल प्रदर्शन गरेर दर्शकको मन जित्न सफल भयो ।

उक्त खेलको उत्कृष्ट खेलाडी विजय युथ का विमल राना मगर घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी हात पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*