महोत्तरी मेयर गोल्ड कप: विजय यूथ सेमीफाइनलमा

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार ११:३५
;

महोत्तरी । महोत्तरीमा जारी मेयर गोल्डकपमा हेटौंडाको विजय युथ क्लबले विजय हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । महोत्तरीको भंगहा नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा मंगलबार बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गर्दै विजय यूथ सेमीफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए भने दोस्रो हापको पहिलो मिनेटमा नै विजय यूथले पहिलो गोल गर्दै अग्रता लिएको थियो । विजय यूथका लुइस भिडालले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

रञ्जन बिष्टको कप्तानीमा मैदान उत्रिएको विजय यूथका विमल राना मगरले खेलको ८५ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

विजय यूथले फाइनल प्रवेशका लागि अब नेपाल एपीएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, धरान फुटबल क्लब, लेखनाथ युनाइटेड पोखरा, बेङखाडी युबा क्लव महोत्तरीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*