हेटौंडा गोल्ड कप: विजय युथ र बागमती भिड्दै

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार ११:५१
;

मकवानपुर । हेटौंडामा जारी भिडोल हेटौंडा गोल्ड कप फुटबल प्रतियोगितामा आज आयोजक विजय युथ क्लब र बागमती युवा क्लब सलार्ही भिड्दै छन् । हेटौंडा–१० फरेष्ट्रि खेल मैदानमा आज हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली विजय युथ र बाग्मती बिच खेल हुने भएको हो ।

खेल दिउँसो ३ बजे शुरु हुने ओजकले बताएको छ ।

विजय युथ क्लबले सर्लाही जिल्ला फुटबल संघलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो भने बागमतीले दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

आजको खेलमा विजयी टिमले शुक्रबार २३ गते उपाधीका लागि सेन्ट्रल कलेज विएसी, भरतपुर संग खेल्नेछ ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद ५र५हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*