मिडिया कप फुटसलको उपाधि टिम टिभीलाई

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार १७:३६
;

मकवानपुर । मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभीले जितेको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा आज भएको खेलमा ट्राइब्रेकरमार्फत टिम टिभी विजयी भएको हो ।

टिम टिभीले रेडियो सन्देशलाई पाखा लगाउँदै उपाघि पक्का गरेको हो । खेलको पहिलो हाफमा टिम टिभीसंग २/० को गोल अन्तरले पछि परेको रेडियो सन्देशले दोस्रो हाफको केहिबरेमा नै पहिलो गोल गर्यो । दोस्रो हाफमा आफ्नो खेल सुधार्न नसक्दा टिम टिभीले पुनः अर्को गोल खान बाध्य भयो र खेल बराबर हुन पुग्यो ।

निधारीत समयमा दुबै टिमले २/२ गोल गरे पछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो । ट्राइब्रेकरमा दुबै टिमका ३/३ जना खेलाडी प्रहार गरे तर दुबै टिमका २/२ वटा प्रहार मात्र गोलमा परिणत भयो । दुबै टिमकोतर्फबाट २/२ गोल भए पछि पुन १/१ जनाले बल प्रार गरे ।

यस पटक भने रेडियो सन्देशका तर्फबाट रेडियोका संचालक सुनिल खड्काले बल बल प्रहार गरे तर उक्त प्रहार विफल बन्यो ।

टिम टिभीलाई यो उपयुक्त अवसर बन्न पुग्यो । टिम टिभीका तर्फबाट पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’ले बल प्रहार गरे । अधिकारीले प्रकार गरेको बल रेडियो सन्देशका गोल रक्षकले रोक्न नसक्दा रेडियो सन्देशले हार व्यहोर्न पुग्यो ।

मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो भने टिम टिभीले सक्रिय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराएको थियो ।

तियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*