राष्ट्रिय महिला लिग: आर्मीको फराकिलो जित
मकवानपुर । राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले फराकिलो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापाले ५ गोल गरिन् । यस्तै सपना लामाले दुई गोल गर्दा अन्जली वाइवा, बिमला चौधरी, बिमला विक, हेमा चौधरी र रश्मि घिसिङले एकरएक गोल गरिन् ।
जितका बाबजुद आर्मी ६ खेलमा १३ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ । लिगमा अपराजित रहेको एपिएफ १८ अङ्कको साथ शिर्ष स्थानमा छ । चौदण्डीगढीले भने लिगमा अङ्कको खाता खोल्न सकेको छैन ।











