आइपिएल अक्सनमा आठ नेपाली खेलाडी

हेटौडा न्युज
२३ माघ २०७७, शुक्रबार १९:००
;

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाा संसकरणका लागि अक्सन सुरु भएको छ । आइपिएल २०२१ को संस्करणका लागि विश्वभरबाट एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् ।

फेब्रुअरी १८ मा हुने आइपिएलको अक्सनमा नेपालका आठ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। अक्सनमा परेका खेलाडीको नामावली भने सार्वजनिक गरिएको छैन।

अक्सनमा भारतका ८ सय १४, वेस्ट इन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजिल्यान्डबाट २९, इंग्ल्यान्डबाट २१, युएईबाट ९, स्कटल्यान्डबाट सात, बंगलादेशबाट पाँच, आयरल्यान्ड, जिम्बाब्वे र अमेरिकाबाट समान २–२ तथा नेदरल्यान्डबाट एक खेलाडी रहेका छन्।

आइपिएलमा एउटा फ्रेन्चाइज टिमले बढिमा २५ खेलाडी आफ्नो टिममा राख्न पाउँने व्यवस्था रहेको छ । तर, यो अक्सनबाट भने ६१ खेलाडीलाई आठ फ्रेन्चाइज टिमले अनुबन्धित गर्नेछ। जसमा २२ विदेशी खेलाडी अक्सनबाट छानिने छन्।

२०१७ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो।

लगातार दुई संस्करण सन्दीपलाई रिटेन गरेको अहिलेको दिल्ली क्यापिटल्सले २०२१ को संस्करणको आइपिएललाई भने रिलिज गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*