ओस्कर अवार्डको ९ विधाको सर्टलिस्ट सार्वजनिक

काठमाडौं । ओस्कर एकेडेमी अवार्डका लागि ९ विधाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (ओस्कर)ले एकेडेमी अवार्डका लागि बुधबार नौ विधाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
सन् २०२१ मा हुन लागेको ९३औं एकेडेमी अवार्डको सर्टलिस्ट एकेडेमीले सार्वजनिक गरेको हो ।
एकेडेमीले सार्वजनिक गरेको नौ विधाअन्तर्गत, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्टलिस्ट, इन्टरनेसनल फिचर, मेकअप एन्ड हेयरस्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म र भिजुअल इफेक्ट रहेका छन् ।
फेब्रुअरी ५ सम्मको भोटिङको नतिजाका आधारमा सर्टलिस्टहरु सार्वजनिक गरिएको जनाइएको छ ।
सार्वजनिक गरिएका डकुमेन्ट्री फिचर, इन्टरनेसनल फिचर, ओरिजिनल स्कोर, ओरिजिनल सङतर्फ १५–१५ वटा परेका छन् भने अन्य सबैमा १०–१० वटा परेका छन् ।
सर्टलिस्टमा परेका सबैको नोमिनेसनको भोटिङ प्रक्रिया मार्च ५ देखि मार्च १० सम्म चल्नेछ ।
यसका आधारमा ओस्कर अवार्ड २०२१ को नोमिनेसन लिस्ट मार्च १५ मा सार्वजनिक गरिने छ ।
९३औं ओस्कर अवार्ड २०२१ अप्रिल २५ आइतबार ५ बजे एबीसी च्यानलबाट लाइभ प्रसारण गरिनेछ । जुन विश्वभरिमा २ सय २५ देशहरुले एकैपटक हेर्न पाउने व्यवस्था गरिएको छ ।