मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागे

हेटौडा न्युज
१६ फाल्गुन २०७७, आईतवार १२:१२
;

मकवानपुर । गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा भाग लिन मकवानपुरका बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । प्रतियोगितामा भाग लिन जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी, प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन् ।

नेता स्व. गणेशमानको स्मृतिमा यही फागुन १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुँदैछ । सो प्रतियोगितामा अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा, महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० के.जी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*