झरनाको मुक्तक साँझ सम्पन्न

हेटौडा न्युज
२९ चैत्र २०७७, आईतवार १४:२७
;

मकवानपुर । झरना साहित्यिक परिवारको आयोजनामा शनिवार मुक्तक साँझ–२०७७ सम्पन्न भएको छ । हरेक बर्षको चैत्र महिनामा ’टिकटमा मुक्तक’ गर्दै आइरहेकोमा यो बर्ष पनि सोही निरन्तरता दिएको हो । नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रमेशमोहन अधिकारीले स्थापना गरेको नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान’बाट मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले नयाँ पुस्ताहरुमा राम्रो सम्भावना भएको र अब पुराना पुस्ताका अनुभव र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने आबश्यकता रहेको धारणा व्यक्त गरेका थिए । मुक्तक साँझमा मकवानपुरका बिर्खे अन्जान, गोरखाका सन्तोष अमागाई, सिन्धुलीका लोकेन्द्र डहरे, काठमाण्डौमा त्रिपुरा पौडेल, कास्कीका अनिता दाहालले आफ्ना मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुक्तक प्रतिगोगितामा बिजयी भएका जि एस निकेतनका छात्रा उषाकिरण अधिकारीले नगद १५ सय ५५ नगदसहित शिव–साबित्री अधिकारी नवप्रतिभा मुक्तक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीलगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, आँचल कला साहित्य पुञ्जका अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरका अध्यक्ष शान्तिप्रिय बन्दनालगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको मसान उपासकले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*