रावलको राजीनामा विचाराधीन फिर्ता लिन दबाब

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १७:५९
;

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा विचाराधीन अवथामा रहेको छ ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिए ।

एमालेभित्रैबाट राजीनामा फिर्ता लिन रावललाई दबाब परेको छ । नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुमाझ पढेर सुनाएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको १०औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताएका थिए ।

ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको भनेका हुन् । बैठका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीलले पनि रावलको राजीनामा ठीक नभएको बताए ।

एमाले नेता वामदेव गौतमले पनि राजीनामा अनुपयुक्त भएको बताएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*