ओली विप्लव बीच भेटवार्ता

हेटौडा न्युज
५ श्रावण २०७८, मंगलवार १२:२१
;

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरु र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।

भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए ।

उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो ।‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन भन्यौं’ एमाले नेता भट्टराईले भनेका छन् ।

अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*