सत्ता गठबन्धनले माधव नेपाल समूहलाई अझै पर्खिने
मकवानपुर । सत्तारुढ गठबन्धनले एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको हो ।
माओवादी अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार उनले माधव नेपाललाई बिहीबार उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
नेपाल आफ्नै समूहभित्रबाट पार्टी एकताको लागि दबाबमा परेका बेला प्रचण्डले सकेसम्म शुक्रबारसम्म निर्णय दिन आग्रह गरेका छन् ।











