सन्दिपले लिए ४ विकेट, पीएनजी १ सय ३४ रनमा अलआउट
मकवानपुर । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । यस्तै सोमपाल कामीले १ विकेट लिए ।











