(एमसीसी) की उपाध्यक्षकै अगाडी “नो एमसीसी” भन्दै प्रदर्शन
मकवानपुर । एमसीसीबारे थप प्रष्ट्याउँदै उच्च भेटघाटका लागि एमसीसी अधिकारी आएकै बेला पारेर विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको छ ।
एमसीसी अधिकारीको आगमन र विरोध प्रदर्शनलाई लक्षित गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।











