अर्को निर्णय नभएसम्म एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो: योगेश भट्टराई
मकवानपुर । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पारेका छन् ।
शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताए । अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्ने समेत उनले बताए ।
उनका अनुसार जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरु बैठकमा नआएका बेला प्रवक्ता पद सिर्जना भएकाले ज्ञवाली नै सो पदमा रहेको प्रष्ट पारे ।











