जनसाहित्यिक मञ्च बागमती प्रदेशको संयोजकमा मसान उपासक

हेटौडा न्युज
२६ भाद्र २०७८, शनिबार १८:०९
;

मकवानपुर । जनसाहित्यिक मञ्च नेपालको शनिबार भएको भच्र्युअल भेलाबाट मसान उपासक जनसाहित्यिक मञ्चको बागमती प्रदेशको संयोजकमा मसान उपासक चयन भएका छन् ।

जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य समेत रहेका उपासकलाई प्रदेशको संयोजक तोकेको हो । आजको भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । मसान उपासक मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । भेलाबाट मसान उपासक केन्द्रिय सचिवालय सदस्य चयन हुदा मकवानपुरका सुनिल गौतम केन्द्रिय सदस्य चयन भएका छन् ।

भेलाले राम बिनयको संयोजकत्वमा १ सय ५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् । भने प्रदेश २ मा संयोजक पछि तोकिने भएको छ । बागमति प्रदेशमा संयोजक मसान उपासकसहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्की चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*