मंगलवार मकवानपुरमा १८ जनामा कोरोना

हेटौडा न्युज
५ आश्विन २०७८, मंगलवार १७:१३
;

मकवानपुर । मंगलवार मकवानपुरमा १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८९ जनाको पीसीआर र १८ जनाको एन्टिजेन गरी जम्मा १ सइ ७ जनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १ सय ४० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ७ सय ४९ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*