देशभर पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७ सय ३० जना र ५ हजार १ सय ४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ७९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।