देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१३ आश्विन २०७८, बुधबार १६:५६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५२ पीसीआर परीक्षणमा ८ सय ९२ जना र ३ हजार ८ सय ८९ एन्टिजेन परीक्षणमा २ सय ६५ जना गरी १ हजार १ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*