शुक्रवार मकवानपुरमा ९ जनामा कोरोना

मकवानपुर । शुक्रवार मकवानपुरमा ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७८ जनाको पीसीआर र ५ जनाको एन्टिजेन गरी जम्मा ८३ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार २ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ८ सय ९५ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।