देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २ सय ५५ एन्टिजेन परीक्षण गर्दा १ सय ६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।
पछिल्लो २४ घण्टामा ९ सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।