देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
५ हजार ५ सय ९८ नमुनाको पीसीआर परिक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय ८ जनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय २३ जना सङक्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।