प्रहरीद्वारा हेटौंडामा मास्क वितरण

मकवानपुर । ६६ औं प्रहरी दिवशको अवसर पारेर प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्युनिकरण गर्न प्रहरीले आज हेटौंडामा मास्क वितरण गरेको हो । ६६ औं प्रहरी दिवसको अवसरमा हेटौंडामा तपाईको मास्क खोई भन्ने अभियान अन्र्तगत मास्क वितरण गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा गरिएको मास्क वितरण कार्यक्रमको शुभारम्भ प्रदेशका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले गरेका थिए ।