देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ७७ सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।