अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिने

हेटौडा न्युज
१० कार्तिक २०७८, बुधबार ०९:३०
;

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिने भएकी छिन् ।

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा हुने भएको छ । गत कात्तिक ४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव प्रदेशसभामा टेबुल गरिएको थियो ।

१ सय ९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ । शाक्यको पक्षको ४३ जना मात्र सांसद छन् । विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ गरी ५९ सांसद छन् ।

विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*