थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

हेटौडा न्युज
१० कार्तिक २०७८, बुधबार १२:३३
;

मकवानपुर । थप १० लाख २० हजार डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुगेको छ ।

कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो । चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ । यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*