मुख्यमन्त्री शाक्यले दिईन् राजीनामा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । नेकपा एमाले विभाजन भएपछि शाक्य नेतृत्वको सरकार अल्पमतामा परेको थियो ।
आजको प्रदेशसभा बैठकमा शाक्यले विश्वासको मत लिने भनिएपनि विश्वमासको मत पाउने सम्भावना नदेखेपछी उनले पदबाट राजिनामा दिएकी हुन् । उनले ईमान्दारीता र निष्ठाको राजनिती गरेको भन्दै मार्गप्रस्त गरेको बताईन् ।











