६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

हेटौडा न्युज
११ कार्तिक २०७८, बिहीबार १३:०६
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । अघिल्लो सरकारले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) केन्द्र गठन गरेको थियो । अध्यादेशबाट गठित सो केन्द्र निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेश मार्फत् कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

आज बसेको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना समेत स्वीकृत गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अनुदान वा खरिद जसरी भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा जोड दिएको जानकारी दिए । बैठकमा स्वास्थ्य मन्त्रालयले हालसम्म कुल जनसंख्याको २२ प्रतिशतले दुवै खोप लगाएको र ३४ प्रतिशतले पहिलो खोप लगाएको तथ्याकं प्रस्तुत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*