विमलेन्द्र निधिलाई नेपाली काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी
मकवानपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा साताव्यापी भ्रमणका लागि बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् । यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए ।
उपसभापति निधि सभापति देउवालाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।











