शुक्रवार मकवानपुरमा २ जनामा कोरोना पुष्टि

मकवानपुर । शुक्रवार मकवानपुरमा २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६ जनाको पीसीआर र १४ जनाको एन्टिजेन गरी जम्मा ४० जनाको कोरोना परिक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ३ सय ९१ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।