देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ नमुनाको पीसीआर परीक्षणमा ४ सय ९० र २ हजार ६ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण देखिएकोे छ ।
पछिल्लो २४ घण्टामा ५ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।