नेकपा एमाले मकवानपुरको जिल्लाभर पालिका अधिवेशन
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्लाभरको स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन आज हुने भएको छ ।
पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशभर कात्तिक ९ गते पालिका अधिवेशन भएको थियो तर मकवानपुरमा भने हुन सकेको थिएन । कात्तिक ९ गते प्राविधिक कारणले हुन नसकेको पालिका अधिवेशन आज जिल्लाभरको पालिकाहरुमा एकसाथ अधिवेशन तयारी पुरा भएको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले बताए ।
उनले जिल्लाको राक्सिङ र कैलाश गाउँपालिकामा क्रमशः बिहिबार र शुक्रबार सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बताउँदै आज हेटौंडा उपमहानगरपालिका सहित ८ वटा पालिकामा अधिवेशन हुने बताए । सचिव श्रेष्ठका अनुसार हेटौंडा उपमहानगरपालिको अधिवेशनलाई एमाले नेता लुम्बिनि प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।











