सरकारले मिडिया सञ्चालन गर्न हुदैँन: मुख्यमन्त्री पाण्डे

हेटौडा न्युज
१३ कार्तिक २०७८, शनिबार १७:५७
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका छन् ।

शनिबार सौराहामा नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दे मुख्यमन्त्री पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका हुन् ।

उनले भने‘सञ्चार माध्यम प्रदेशले चलाउने गरि १० करोड पनि राखियो, त्यसको व्यापक विरोध पनि भयो, हामीले पनि प्रतिवाद गर्यौ ।’ उनले भने, ‘राम्रो काम गरेपछि मिडियाले नराम्रो भनेर लेख्न मिल्दैन, मिडिया राज्यले सञ्चालन गरिरहनुपर्दैन ।’

उनले फ्रिज भएर बसेर १० करोड बजेटलाई पत्रकार महासंघसँग छलफल गरेरै ठिक काममा लगाउने प्रतिबद्धता जनाए । तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले प्रदेश स्तरीय मिडिया सेन्टर बनाउन खोजेपछि आलोचना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*